तनाव हुँदा देखिने सामान्य लक्षणहरू र तनावका श्रोत

samajsandesh.com



जब कुनै परिस्थिति हाम्रो क्षमता भन्दा गाह्रो लाग्छ, तब मनमा चिन्ता, डर, आत्तिने भावना आउँछ — यही नै तनाव हो।

तनाव हुँदा देखिने सामान्य लक्षणहरू:

मन आत्तिनु, धेरै सोच्नु

टाउको दुख्नु, थकान महसुस हुनु

रिस छिटो उठ्नु

निद्रा नलाग्नु

ध्यान केन्द्रित गर्न गाह्रो हुनु

     * तनाव किन हुन्छ?

पारिवारिक समस्या

पढाइ वा कामको दबाब

आर्थिक चिन्ता

सम्बन्धको समस्या

भविष्यप्रतिको डर

थोरै तनाव कहिलेकाहीँ सामान्य हुन्छ र काम गर्न प्रेरणा पनि दिन सक्छ। तर धेरै समयसम्म रहने तनावले मानसिक र शारीरिक स्वास्थ्यमा असर गर्छ, त्यसैले समयमै व्यवस्थापन गर्नु आवश्यक हुन्छ।

दुख दिने वा समस्या आउने ठाउँ वा सम्बन्धहरु पहिचान गर्नु गाह्रो हुन्छ। जहाँ हामी अकल्पनीय ठाउबाटै दुख पाइरहेका हुन्छौं । साइकोसोसल काउन्सिलर रमा पन्थीका अनुसार  कहिलेकाहि आकस्मिक कारण पनि तनावग्रस्त जीवन हुन्छ तर तनावको सिर्जना गर्ने  प्रमुख तत्व बिश्वासपात्र नै हुन् ।  तनाव सिर्जना गर्ने  सम्भावना का श्रोतहरु-

१) श्रीमान–श्रीमती

– नबुझाइ, शंका, नियन्त्रण, बोलिचालिमा कडाइ, अस्पष्ठ व्यबहार / अपार्दर्शिता

२) घरपरिवार

– आमाबुबा, दाजुभाइ, दिदीबहिनीबीच तुलना, पक्षपात

३) नन्द / आमाजु

– ईर्ष्या, कुरा काट्ने, गलत बुझाइ सिर्जना गर्ने , अनावश्यक लोभ

४) देवर / देवरानी

– असम्मान, हेपाइ, अनावश्यक हस्तक्षेप वा तुलना 

५) साथीहरू

– जलन, प्रतिस्पर्धा, पछाडि कुरा गर्ने

६) काम गर्ने ठाउँ (Office / Job)

– सहकर्मीको ईर्ष्या, हाकिमको दबाब, राजनीति

७) कलेज / स्कुल

– तुलना, बुलिङ, नम्बर वा क्षमताको ईर्ष्या

८) छिमेकी

– अफवाह, नचाहिने जिज्ञासा, तुलना

९) आफन्त / नातेदार

– सम्पत्ति, हैसियत, विवाहका कुरा लिएर तनाव

१०) समाज / समुदाय

– आलोचना, आरोप, परम्पराको दबाब हुन्छ।

थोरै तनाव कहिलेकाहीँ सामान्य हुन्छ र काम गर्न प्रेरणा पनि दिन सक्छ। तर धेरै समयसम्म रहने तनावले मानसिक र शारीरिक स्वास्थ्यमा असर गर्छ, त्यसैले समयमै व्यवस्थापन गर्नु आवश्यक हुन्छ।

प्रतिक्रिया