जब कुनै परिस्थिति हाम्रो क्षमता भन्दा गाह्रो लाग्छ, तब मनमा चिन्ता, डर, आत्तिने भावना आउँछ — यही नै तनाव हो।
तनाव हुँदा देखिने सामान्य लक्षणहरू:
मन आत्तिनु, धेरै सोच्नु
टाउको दुख्नु, थकान महसुस हुनु
रिस छिटो उठ्नु
निद्रा नलाग्नु
ध्यान केन्द्रित गर्न गाह्रो हुनु
* तनाव किन हुन्छ?
पारिवारिक समस्या
पढाइ वा कामको दबाब
आर्थिक चिन्ता
सम्बन्धको समस्या
भविष्यप्रतिको डर
थोरै तनाव कहिलेकाहीँ सामान्य हुन्छ र काम गर्न प्रेरणा पनि दिन सक्छ। तर धेरै समयसम्म रहने तनावले मानसिक र शारीरिक स्वास्थ्यमा असर गर्छ, त्यसैले समयमै व्यवस्थापन गर्नु आवश्यक हुन्छ।
दुख दिने वा समस्या आउने ठाउँ वा सम्बन्धहरु पहिचान गर्नु गाह्रो हुन्छ। जहाँ हामी अकल्पनीय ठाउबाटै दुख पाइरहेका हुन्छौं । साइकोसोसल काउन्सिलर रमा पन्थीका अनुसार कहिलेकाहि आकस्मिक कारण पनि तनावग्रस्त जीवन हुन्छ तर तनावको सिर्जना गर्ने प्रमुख तत्व बिश्वासपात्र नै हुन् । तनाव सिर्जना गर्ने सम्भावना का श्रोतहरु-
१) श्रीमान–श्रीमती
– नबुझाइ, शंका, नियन्त्रण, बोलिचालिमा कडाइ, अस्पष्ठ व्यबहार / अपार्दर्शिता
२) घरपरिवार
– आमाबुबा, दाजुभाइ, दिदीबहिनीबीच तुलना, पक्षपात
३) नन्द / आमाजु
– ईर्ष्या, कुरा काट्ने, गलत बुझाइ सिर्जना गर्ने , अनावश्यक लोभ
४) देवर / देवरानी
– असम्मान, हेपाइ, अनावश्यक हस्तक्षेप वा तुलना
५) साथीहरू
– जलन, प्रतिस्पर्धा, पछाडि कुरा गर्ने
६) काम गर्ने ठाउँ (Office / Job)
– सहकर्मीको ईर्ष्या, हाकिमको दबाब, राजनीति
७) कलेज / स्कुल
– तुलना, बुलिङ, नम्बर वा क्षमताको ईर्ष्या
८) छिमेकी
– अफवाह, नचाहिने जिज्ञासा, तुलना
९) आफन्त / नातेदार
– सम्पत्ति, हैसियत, विवाहका कुरा लिएर तनाव
१०) समाज / समुदाय
– आलोचना, आरोप, परम्पराको दबाब हुन्छ।
थोरै तनाव कहिलेकाहीँ सामान्य हुन्छ र काम गर्न प्रेरणा पनि दिन सक्छ। तर धेरै समयसम्म रहने तनावले मानसिक र शारीरिक स्वास्थ्यमा असर गर्छ, त्यसैले समयमै व्यवस्थापन गर्नु आवश्यक हुन्छ।