लुम्बिनीमा आठौँ पटक ५०० कुलपुत्र प्रव्रज्या कार्यक्रम, थाइल्यान्डबाट बौद्ध गुरुहरूको आगमन

samajsandesh.com


रमा पन्थी , काठमाडौं ।

   विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा आठौँ पटक ५०० कुलपुत्र प्रव्रज्या कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रम २०८२ साल फागुन २६ गतेदेखि चैत्र १७ गतेसम्म सञ्चालन हुनेछ।

आयोजकका अनुसार १५ वर्षदेखि ६५ वर्षसम्म उमेर समूहका स्वस्थ तथा बौद्ध धर्मप्रति आस्था राख्ने पुरुषहरूले कार्यक्रममा सहभागी हुन सक्नेछन्। धर्म, अनुशासन र साधनामार्फत आत्मशुद्धि तथा नैतिक जीवनशैली विकास गर्ने उद्देश्यले प्रव्रज्या कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

यसै अवसरमा कार्यक्रममा सहभागी हुन थाइल्यान्डबाट बौद्ध गुरुहरू लुम्बिनी आइपुगेका छन्। गुरुहरूको उपस्थितिले कार्यक्रमलाई अझ भव्य तथा आध्यात्मिक बनाउने अपेक्षा गरिएको आयोजक टिमले जनाएको छ।

बुद्धले उपदेश दिनुभएको छ— “मन नै सबै कुराको मूल हो, मनबाटै कर्म जन्मिन्छ।” त्यस्तै, उहाँको शिक्षा अनुसार करुणा, मैत्री र अहिंसा नै सच्चा सुखको आधार हुन्। सोही शिक्षालाई व्यवहारमा उतार्दै युवा पुस्तामा सदाचार, अनुशासन र आध्यात्मिक चेतना विकास गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको हो।

यस विशाल आत्म–शुद्धि तथा पुण्य कार्यमा सम्पूर्ण भक्तजनलाई उपस्थित भई सहभागिता जनाउन र निसुल्क ध्यानको फाइदा लिनुहुन आयोजकको अनुरोध छ। साथै, यस पुण्य अवसरमा स्वयंसेवकका रूपमा इच्छुक व्यक्तिहरूलाई सहयोगका लागि समेत अपिल गरिएको छ।

कार्यक्रमसम्बन्धी थप जानकारीका लागि नजिकैको धुम्म वा  ९७६३६८४०९८  अथवा   काठमाडौ पुल्चोकमा  गृहिणी समाजका निरा तिम्सिना लाई  ९८१३३८७५६६ व्हाटएप मा सम्पर्क गर्न सकिने जनाइएको छ।

प्रतिक्रिया