काठमाडौँ ।
नेपालका विद्यार्थी तथा प्रविधिप्रेमीहरूलाई विश्वस्तरको कृत्रिम बौद्धिकता (एआई) तथा साइबर सुरक्षासम्बन्धी सीप प्रदान गर्ने उद्देश्यले साइबर सुरक्षा कम्पनी वान कभर प्रा. लि. (One Cover Private Limited) र टेक ब्लगर्स एसोसिएसन अफ नेपाल (TBAN) बीच समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ ।
छ महिना अवधिको ‘आईबीएम एआई डेभलपर प्रोफेसनल सर्टिफिकेट’ (IBM AI Developer Professional Certificate) कार्यक्रमलाई देशव्यापी रूपमा प्रवर्द्धन गर्न उक्त सम्झौता गरिएको हो । वान कभर प्रा. लि. को ब्रान्डिङ टोली र टिब्यानकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुसुम शाक्यबीच उक्त समझदारीपत्रमा हस्ताक्षर भएको जनाइएको छ ।
नेपालमा एआई तथा प्रविधि सीपको खाडल पुर्ने लक्ष्यविश्वव्यापी सफ्टवेयर इन्जिनियरिङ क्षेत्रमा एआई र जेनेरेटिभ एआईको प्रयोग तीव्र रूपमा बढिरहँदा दक्ष जनशक्तिको माग पनि उत्तिकै बढेको छ । यसै सन्दर्भमा, नेपालमा आईबीएम एआई एण्ड साइबर सेक्युरिटी कोर्स (IBM AI and Cybersecurity Course in Nepal) मार्फत दक्ष प्राविधिक जनशक्ति तयार पार्न वान कभर र टिब्यानले सहकार्य अघि बढाएका हुन् ।
वान कभर प्रा. लि. ले नेपालमा ‘आईबीएम टेकएक्स प्रोग्राम’ (IBM TechX Program) अन्तर्गत एआई, डेटा साइन्स, फुल-स्ट्याक डेभलपमेन्ट र साइबर सुरक्षासहित ९ वटा विभिन्न विधामा प्राविधिक जनशक्ति विकास गर्दै आएको छ । पाठ्यक्रमका मुख्य विशेषता र सिकाइ उपलब्धिकोर्सेरा (Coursera) को सहकार्यमा सञ्चालन हुने १० वटा कोर्षको यो ‘सेल्फ-पेस्ड’ (आफ्नै गतिमा सिक्न सकिने) कार्यक्रममा सहभागी हुन पूर्व एआई वा प्रोग्रामिङको अनुभव अनिवार्य छैन ।
छ महिने तालिम पूरा गरेपछि प्रशिक्षार्थीहरूले कोर्सेराबाट प्रोफेसनल सर्टिफिकेटका साथै आईबीएमको आधिकारिक डिजिटल ब्याज (Digital Badge) प्राप्त गर्नेछन् ।
साथै, रोजगार खोजी तथा अन्तर्वार्ता तयारीका लागि करियर सहायतासमेत उपलब्ध गराइनेछ ।यस कार्यक्रमबाट सहभागीहरूले निम्न सीपहरू हासिल गर्नेछन्:आधारभूत एआई र जेनेरेटिभ एआई: एआईका आधारभूत अवधारणा, प्रम्प्ट इन्जिनियरिङ (Prompt Engineering) र व्यावहारिक जेनेरेटिभ एआईको प्रयोग ।फुल-स्ट्याक वेब र प्रोग्रामिङ: पाइथन (Python), एचटीएमएल (HTML), सीएसएस (CSS) र जाभास्क्रिप्ट (JavaScript) को व्यावहारिक ज्ञान ।
एआई वेब डिप्लोयमेन्ट: पाइथन र फ्लास्क (Flask) को प्रयोग गरी प्री-बिल्ट एआई मोडेल र एपीआई (API) मार्फत स्मार्ट वेब एप्लिकेसन तथा भर्चुअल असिस्टेन्ट निर्माण ।व्यावहारिक तथा प्रोजेक्टमा आधारित सिकाइप्रशिक्षार्थीहरूलाई रोजगारीको बजारमा प्रतिस्पर्धी बनाउन पाठ्यक्रममा विभिन्न व्यावहारिक ल्याब तथा क्यापस्टोन प्रोजेक्टहरू समावेश गरिएका छन् ।
जसमा व्यक्तिगत पोर्टफोलियो वेबसाइट निर्माण, पाइथन र फ्लास्कमा आधारित सेन्टिमेन्ट एनालाइसिस वेब एप, जेनेरेटिभ एआईमार्फत फोटो क्याप्सन जेनेरेसन, ओपन-सोर्स लार्ज ल्याङ्ग्वेज मोडेल (LLM) प्रयोग गरी च्याटजीपीटी शैलीको वेब इन्टरफेस निर्माण तथा ओपनएआईको जीपीटी एपीआई र आईबीएम वाट्सन प्रयोग गरी भ्वाइस-इनेबल्ड भर्चुअल असिस्टेन्ट बनाउने अभ्यासहरू रहेका छन् ।
यसका अतिरिक्त, लामा (Llama) मा आधारित एआई मिटिङ कम्प्यानियन, निजी डेटा समराइजेसन टुल र फ्लान (Flan) तथा ग्राडियो (Gradio) को प्रयोग गरी विश्वव्यापी भाषा अनुवादक ‘बेबल फिस’ (Babel Fish) निर्माण गर्ने सीपसमेत सिकाइनेछ ।
कोर्ष विवरण तथा दर्ता प्रक्रिया (Course Details & Registration)टिब्यानकी सीईओ कुसुम शाक्यको नेतृत्वमा रहेको देशव्यापी डिजिटल मिडिया सञ्जाल र वान कभर प्रा. लि. को संयुक्त प्रवर्द्धनमा सञ्चालन हुने यस अभियानले नेपालको उदाउँदो प्रविधि जनशक्तिलाई विश्वव्यापी एआई तथा साइबर सुरक्षाको बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने विश्वास लिइएको छ ।