४ मंसिर, जुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले दुई वटा मतदान केन्द्र थप गर्न र एउटा केन्द्र स्थानान्तरण गर्न निर्वाचन आयोगमा सिफारिस गरेको छ ।
जिल्लाको हिमा गाउँपालिका–१ र पातारासी गाउँपालिका–७ मा एक/एक मतदान केन्द्र थप र तिला गाउँपालिका–९ मा एक मतदान केन्द्रको ठाउँ सार्न केन्द्रीय निर्वाचन आयोगमा सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालयका निमित्त कार्यालय प्रमुख नारायणी आचार्यले जानकारी दिए ।
आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न यही मङ्सिर ५ गतेसम्मको समयसीमा तोकेको छ । उहाँका अनुसार अहिले अनलाइनबाट आफ्नो मतदाता नामावली बनाउन सकिने व्यवस्था रहेकाले जिल्लामा करिब ८४९ जना नयाँ मतदाता थपिएका छन् ।ती
मध्ये ३७३ महिला र ४७६ पुरुष आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न यही मङ्सिर ५ गतेसम्मको समयसीमा तोकेको छ । उहाँका अनुसार अहिले अनलाइनबाट आफ्नो मतदाता नामावली बनाउन सकिने व्यवस्था रहेकाले जिल्लामा करिब ८४९ जना त्यसमा ३७३ महिला र ४७६ पुरुष नयाँ मतदाता थपिएका छन् । [रासस]
५ मङ्सिर २०८२, बिहिबार ०३:३८ मा प्रकाशित