चोरीको स्कुटर बेवारिसे अवस्थामा फेला पारेपछि सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ।चोरी भएको स्कुटर बेवारिसे अवस्थामा फेला पारेर प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। गत माघ १३ गते साँझ करिब १९:०० बजे, यस कार्यालयबाट खटिएको गस्ती टोलीले रुपन्देही जिल्ला, सैनामैना नगरपालिका वडा नं. ०५, बक्सडस्थित बाटोको किनारामा लु ३० प १५२२ नम्बरको डियो स्कुटर बेवारिसे अवस्थामा फेला पारेको हो।
गस्ती टोलीले उक्त स्कुटर नियन्त्रणमा लिई कार्यालयमा ल्याई यातायात व्यवस्था कार्यालयको अभिलेख अनुसार धनीको खोजतलास गर्दा स्कुटर कपिलवस्तु जिल्ला, बाणगंगा नगरपालिका वडा नं. ०८ निवासी सकरामी थारुको नाममा दर्ता रहेको खुलेको थियो।
१८ माघ २०८२, शनिवार ०६:१० मा प्रकाशित