राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा परामर्श कार्यक्रम सम्पन्न

samajsandesh.com

 मंसिर १८, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा बालविवाहमा राष्ट्रिय जाँचबुझ गर्ने सन्दर्भमा “बालबिवाहले  मानव अधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धी प्रादेशिक परामर्श कार्यक्रम ” कोशी प्रदेशको विराटनगरमा मिति २०८२ मंसिर  ७ गते आयोगको कोशी प्रदेशका निमित्त प्रमुख तुलशा कार्कीको अध्यक्षता, राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य डा. लीली थापा, प्रदेश सभाका उपसभामूख माननीय सृजना दनुवार, कोशी प्रदेशका माननीय मुख्य न्यायधिवक्ता नारायण वस्ती, रंगेली नगरपालिकाका उपप्रमुख भुमा पराजुली, आयोगको केन्द्रीय कार्यालयका प्रवर्धन विभाग प्रमुख सहसचिव नवराज सापकोटा साथै UNFPA  लैङ्गिक तथा मानव अधिकार सम्बन्धी कार्यक्रम विश्लेषक समिर घिमिरेको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।


यस कार्यक्रममा बालबालिका शान्ती क्षेत्र राष्ट्रिय अभियान (सिजप), लगायत सदस्य संस्थाहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया