९ मंसिर, काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा आगजनी तथा तोडफोड गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले २६७ जनालाई पक्राउ गरेको छ ।
काठमाडौंका विभिन्न ठाउँहरूमा तोडफोड र आगजनी गरेको आरोपमा अहिलेसम्म २६७ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको परिसरका एसएसपी रमेश थापाले बताए जसमध्ये २६२ पुरुष र ५ जना महिला छन् । यसरी समातिएका मध्ये प्रहरी हत्यामा संलग्न भएको आरोपमा मात्रै १६ जना पक्राउ परेका थिए । उनीहरू मध्ये १३ जना अहिले पुर्पक्षका लागि कारागार चलान भएको परिसरका एसपी पवनकुमार भट्टराईले बताए ।
११ मङ्सिर २०८२, बुधबार ०७:२८ मा प्रकाशित