जेन्जि आन्दोलनपछि मानसिक समस्या बढ्यो

samajsandesh.com


मनोबिमर्सकर्ता  - संगीता सिजापति 

जेन्जि आन्दोलनले देशमा राजनीतिक परिवर्तनको आशा जगायो। तर आन्दोलनपछि अपेक्षित स्थायित्व, रोजगारी र सुरक्षित भविष्य नआउँदा नागरिकको मानसिक स्वास्थ्यमा गम्भीर असर पर्न थालेको छ। विशेषगरी युवा पुस्ता मानसिक तनाव, निराशा र असुरक्षाको भावनाबाट बढी प्रभावित देखिन्छ।

राजनीतिक अस्थिरता, बेरोजगारी, बढ्दो महँगी र भविष्यप्रतिको अनिश्चितताले मानिसलाई लगातार दबाबमा राखेको छ। मेहनत गर्दा पनि प्रगति नदेखिनु, अवसरका लागि विदेशिन बाध्य हुनु र आफ्नै देशमा सुरक्षित महसुस नहुनु मानसिक समस्याको प्रमुख कारण बनेका छन्।

यसको परिणामस्वरूप आज समाजमा तनाव, चिन्ता, डिप्रेसन, आत्मविश्वासको कमी र सामाजिक निराशा बढ्दै गएको छ। धेरै मानिस आफ्नो पीडा खुलस्त भन्न नसक्ने अवस्थामा छन्, जसले समस्या अझै गहिरिँदै गएको छ।

मानसिक स्वास्थ्य केवल व्यक्तिगत समस्या होइन, यो सामाजिक र राष्ट्रिय समस्या हो। त्यसैले अब राज्यले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ। रोजगारी सिर्जना, स्थिर राजनीति, भरोसायोग्य नेतृत्व र सुलभ मानसिक स्वास्थ्य सेवामार्फत मात्र समाजलाई यो संकटबाट बाहिर निकाल्न सकिन्छ।

प्रतिक्रिया