नेपाल : यात्रा प्रेमीको सुन्दर गन्तव्य, समेटिएका यादहरु

samajsandesh.com

गङ्गा पन्थी - मथुरा - बृन्दावन

जब म दिल्लीबाट नेपालतर्फ उडानमा बसें,मनमा वृन्दावनका भक्तिमय सम्झनाहरू गुञ्जिरहेका थिए र आँखामा नेपालका हरियाली देख्ने गहिरो आतुरता थियो।

गन्तव्य संगै  यो यात्रा साधारण मात्र रहेन— मेरो छेउको सिटमा बस्नुभएको कैलाश मानसरोवर यात्रा समूहका व्यवस्थापकसँगको आकस्मिक भेटले यसलाई अविस्मरणीय बनाइदियो।उहाँ यात्रुहरूलाई नेपालमार्ग हुँदै पवित्र यात्रामा सहभागी गराई, त्यसको जिम्मेवारी नेपालस्थित टोलीलाई सुम्पेर फर्कँदै हुनुहुँदो रहेछ। हामी दुवै यात्रा प्रेममा डुबेका थियौँ—कुराकानी आफैं बग्दै गयो नेपालको भूमि, तीर्थयात्रा, हिमालय र त्यहाँ व्याप्त आध्यात्मिक ऊर्जाका विषयमा।

डेढ घण्टाको हवाई यात्रा

पलभरमै बितेजस्तो अनुभूति भयो। न समयको होस रह्यो, न दूरीको। त्यो क्षणले महसुस गरायो— यात्रा प्रेमीहरू आफ्नै यात्राको दौरान आफैं भेटिन्छन्।

र त्यसपछि जब नेपालले आफ्नो भूमि स्पर्श गराउने त्यो क्षण आयो। झ्यालबाट बाहिर हेर्दा शीतल हावा, बादलको हल्का आवरण र पहाडको काखमा बसेको सुन्दर देश हामीलाई आत्मीय स्वागत गरिरहेको अनुभूति भयो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यति अपनत्वपूर्ण लाग्यो कि यात्राको अर्को अध्याय यहीँबाट सुरु भएको जस्तो महसुस भयो।

नेपाल— 

शुद्ध हावा,मुस्कुराइरहेका अनुहारहरू र अनुपम प्राकृतिक सौन्दर्यले भरिएको एक अद्वितीय देश हो।

प्रतिक्रिया