काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेल ले शीतल निवासमा आयोजित समारोहमा उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
संविधानको धारा ७६ (१) अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलका नेताको रूपमा बालेन शाह प्रधानमन्त्री नियुक्त भएका हुन्।
प्रधानमन्त्री शाहले प्रधानमन्त्री पदसँगै रक्षा र उद्योग मन्त्रालय को जिम्मेवारी पनि सम्हालेका छन्।
नवगठित मन्त्रिपरिषद्मा स्वर्णिम वाग्ले अर्थमन्त्री, सुदन गुरुङ गृह मन्त्री र शिशिर खनाल परराष्ट्र मन्त्री बनेका छन्।
१४ चैत २०८२, शनिवार ०५:२४ मा प्रकाशित