रमा पन्थी ,काठमाडौ ।
थाइल्यान्डबाट नेपालमा धार्मिक भ्रमणमा आएका धर्मगुरु ठावरो भन्तेले पत्रकार सम्मेलनमा नेपालप्रति गहिरो श्रद्धा र कृतज्ञता व्यक्त गरे। उनले नेपाललाई भगवान् गौतम बुद्धको पवित्र जन्मभूमि भन्दै यसको महिमा गाएर नसकिने अपरम्पार रहेको बताए ।
उनका अनुसार, “नेपालले बुद्धजस्तो महामानवलाई जन्म नदिएको भए हामी आज बुद्ध धर्मावलम्बी बन्ने सौभाग्य पाउँदैनथ्यौं। बुद्धका उपदेशहरूले हामीलाई सत्य, शान्ति र करुणाको मार्ग देखाएको छ। त्यसका लागि हामी सधैं नेपालप्रति ऋणी छौं।”
भन्तेले नेपाललाई ‘आमा’ र आफूहरूलाई ‘पुत्र’ तथा नेपाललाई ‘गुरु’ र आफूहरूलाई ‘चेला’को रूपमा तुलना गर्दै यहाँ आइपुग्दा आफ्ना सम्पूर्ण दुःख–पीडा भुलेर चरम आनन्दको अनुभूति भएको बताउनुभयो।
“धन्यवाद नेपाल, धन्य हामी,” भन्दै उनले अन्तरहृदयबाट आफ्ना भावना व्यक्त गरे। उनको यो वास्तविक प्रसम्सा नेपालको लागी गौरव को कुरा हो ।