लायन्स क्लबद्वारा चापागाउँमा निःशुल्क आँखाको सल्यक्रिया सम्पन्न

samajsandesh.com

रमा पन्थी ,ललितपुर ।

लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५  एस अन्तर्गतको लायन्स क्लब अफ ललितपुर एलाइट एण्ड एलिट फ्रेटरनिटी ग्रुपको मिसन ५००० अन्तर्गतको अभियानमा  एरिया चिफ: एमजेएफ लायन चिन्तन बज्राचार्य र जोन चेयरपर्सन: लायन प्रसन शाक्यको  समन्वयमा सोमबार  ललितपुरको गोदावरी नगरपालिका–११, कुसुलेचौर, चापागाउँस्थित तिलगंगा कम्युनिटि आइ सेन्टर  मा आज सोमबार  निःशुल्क आज मात्र ३५ जनाको मोतियाबिन्दुको सल्यक्रिया  भएको छ।

बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गरिएको उक्त शिविरमा  धेरै  आँखाका बिरामीहरूको परीक्षण तथा उपचार गरिएको आयोजकले जनाएको छ। शिविरमा मोतियाबिन्दुका बिरामीहरूको शल्यक्रिया, आँखामा लेन्स प्रत्यारोपण तथा अन्य आवश्यक जाँचहरू गरिएको थियो।

जोन चेयरपर्सन लायन प्रसन शाक्यका अनुसार आर्थिक रूपमा विपन्न तथा अस्पतालसम्म पुगेर सेवा लिन नसक्ने नागरिकहरूलाई लक्षित गर्दै लायन्स क्लबले ५ हजार जनालाई  सेवा प्रदान गर्ने लक्ष्य लिएको छ। साथै, स्थानीय संघ–संस्था, क्लब वा समूहहरूले आवश्यकता देखिएमा यस्ता स्वास्थ्य शिविर आयोजना गर्न लायन्ससँग समन्वय र सम्पर्क ९८५१११९५३३ मा   लायन  शाक्य वा स्वयंसेवक सस्थाहरुमा सम्पर्कमा  आउन सक्ने जानकारी पनि उहाँले दिनुभयो।


शिविर सफल बनाउन सुनाकोठी ब्याडमिन्टन क्लबका जय राम महर्जन र कृष्ण महर्जनको टोलीले स्वयंसेवकका रूपमा सक्रिय भूमिका निर्वाह गरेको थियो। त्यसैगरी, नीरा गृहिणी समाजले पनि स्वयंसेवकको रूपमा महत्त्वपूर्ण सहयोग पुर्‍याएको थियो।

“सेवा नै धर्म हो” भन्ने मूल नारासहित आयोजना गरिएको उक्त शिविरले स्वास्थ्य सेवाबाट वञ्चित तथा आर्थिक रूपमा कमजोर नागरिकलाई प्रत्यक्ष लाभ पुर्‍याएको आयोजकले जनाएको छ।

प्रतिक्रिया