लुम्बिनी वाङ्मय प्रतिष्ठान प्युठानद्वारा जुम्रीमा ३०४ औँ पृथ्वी जयन्ती भव्य रूपमा सम्पन्न

samajsandesh.com


प्युठान (जुम्री) — लुम्बिनी वाङ्मय प्रतिष्ठान, प्युठानको आयोजनामा जुम्रीमा ३०४ औँ पृथ्वी जयन्ती साहित्यिक, सांस्कृतिक तथा राष्ट्रिय भावनासहित भव्य रूपमा कार्यक्रम यहि  पौष २७ गते आइतबार सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता प्रतिष्ठानकी अध्यक्ष राजकुमारी कुवर ‘सानु गुल्मेली’ ले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा विष्णुबहादुर योगी र विशिष्ट अतिथिका रूपमा ऋषि आजाद रहनुभएको थियो।


कार्यक्रममा नेपाली साहित्यमा उल्लेखनीय योगदान पुर्‍याउने स्रष्टा गेहराज थापा, लीला पुन र कमल सुवेदी लाई विशेष सम्मान प्रदान गरिएको थियो। यसै अवसरमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह तथा सहिदहरूप्रति मौनधारण गर्दै उच्च सम्मान व्यक्त गरिएको थियो।

परिसंवाद सत्र सुमन सुवेदीले सञ्चालन गर्नुभएको थियो, जसमा ऋषि आजाद, पार्वती आचार्य र जायेश्वर जैसी सहभागी रहनुभएको थियो। परिसंवादमा राष्ट्र, भाषा, साहित्य र समसामयिक विषयमा गहन छलफल गरिएको थियो।


कार्यक्रममा राजेन्द्रकुमार आचार्य, माधवकुमार पौडेल, ज्ञानबहादुर छेत्री, माधवराज चुंदाली र पशुपतिमणि त्रिपाठी ले टिप्पणी प्रस्तुत गरेका थिए ।

यस अवसरमा मन्तव्य तथा रचना वाचन गर्ने स्रष्टाहरूमा विष्णुबहादुर योगी, सृजना ज्ञवाली, कृष्णकला भण्डारी, तिलक लामीछाने, कविता उपाध्याय, यदु लामिछाने, लक्ष्मण ज्ञवाली, डा. भोजविक्रम बुढा मगर, तीर्थराज आचार्य, यज्ञलाल सुवेदी, विष्णु बस्याल, बुद्धिराम गैरे, कमल पोखरेल, सिर्जना खनाल, कल्पना मरासिनी, नारायण खनाल ‘निलम’, डिल्लीराज घिमिरे, ईश्वरा पराजुली, इन्द्रमणि पोखरेल, कविता पन्थी, दुर्गा थापा मगर, शारदा पौडेललगायतको वाचन थियो।

लोकेन्द्र जिसी को सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका अधिकांश जिल्ला, सुदूरपश्चिम प्रदेश तथा काठमाडौँबाट समेत स्रष्टाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदान, राष्ट्रिय एकता, भाषा–साहित्यको संरक्षण तथा सम्वर्द्धनमा थप ऊर्जा प्रदान गरेको सहभागीहरूको धारणा थियो।


प्रतिक्रिया