लुम्बिनी सांस्कृतिक नगरपालिकामा मानव बेचबिखन विरुद्ध समिति गठन बैठक सम्पन्न

samajsandesh.com


 १९ गते लुम्बिनी सांस्कृतिक नगरपालिकामा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको अभियानलाई सशक्त बनाउन नगरपालिका स्तरीय समिति गठन गर्ने उद्देश्यले एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ।

बिहीबार आयोजित उक्त बैठक लुम्बिनी सांस्कृतिक नगरपालिकाको बैठक हलमा सम्पन्न भएको हो। बैठकको आयोजना लुम्बिनी सांस्कृतिक नगरपालिकाले गरेको थियो भने सह–आयोजनामा आशिष सामाजिक सेवा नेपाल रहेको थियो।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय, सामाजिक अभियन्ता तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बैठकले मानव बेचबिखन जस्तो गम्भीर सामाजिक अपराध नियन्त्रण तथा रोकथामका लागि स्थानीय स्तरमै प्रभावकारी संयन्त्र आवश्यक रहेकोमा जोड दिएको छ।

सहभागी वक्ताहरूले मानव बेचबिखन विरुद्ध जनचेतना अभिवृद्धि, जोखिममा रहेका समुदायको पहिचान तथा संरक्षण, साथै कानुनी कार्यान्वयनलाई अझ सशक्त बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए।

बैठकबाट नगरपालिका स्तरमा एक समिति गठन गरी आगामी दिनमा विभिन्न सचेतनामूलक कार्यक्रम, तालिम तथा अभियान सञ्चालन गर्ने निर्णय समेत गरिएको छ।

मानव बेचबिखन विरुद्धको अभियानलाई सफल बनाउन स्थानीय सरकार, सामाजिक संस्था तथा नागरिक समाजबीच सहकार्य आवश्यक रहेकोमा पनि जोड दिइएको थियो।

प्रतिक्रिया