मंसिर ११,काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पदाधिकारी बरखास्त गर्ने प्रक्रिया सुरु गरेको छ ।
समितिका पदाधिकारीले सहकारी समस्या समाधानका लागि सरकारलाई असहयोग गरेपछि बर्खास्ती प्रक्रिया अघि बढाइएको हो ।
समितिले पछिल्लो समय जटिल बनेको सहकारी समस्या समाधानका लागि आवश्यक पहलकदमी नलिएको भन्दै मन्त्रालयले पदाधिकारीलाई स्पष्टीकरण सोधेको छ ।
१२ मङ्सिर २०८२, बिहिबार ०७:०२ मा प्रकाशित