मंसिर २२, काठमाडौं । भारतीय टिभी च्यानल कलर्सबाट प्रसारण हुने बहुचर्चित रियालिटी शो ‘बिग बोस’ को सिजन १९ ले विजेता प्राप्त गरेको छ । आइतबार राती आयोजित ग्रान्ड फिनालेमा गौरव खन्नाले उपाधि जिते ।
होस्ट समेत रहेका अभिनेता सलमान खानले उनलाई नगद ५० लाख भारुसहित ट्रफी पुरस्कार प्रदान गरे । खन्नाले यसअघि दिइएको टास्कमा पनि एक कार पुरस्कार जितेका थिए
२३ मङ्सिर २०८२, सोमबार १२:३८ मा प्रकाशित