राष्ट्रपति निकोलास मादुरो र उनकी श्रीमती पक्राउ

samajsandesh.com

अमेरिकाले भेनेजुएलाविरुद्ध ठूलो आकारमा गरेको आक्रमणमा त्यहाँका नेता राष्ट्रपति निकोलास मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरेको राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन्।उनीहरूलाई पक्राउ गरिएको  ट्रम्पले आफ्नो सोसल मिडिया पोस्टमा लेखेका छन्।
तर भेनेजुएला सरकारले अहिलेसम्म यसको पुष्टि गरेको छैन। भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोद्रिगेजले राष्ट्रपति मदुरो कहाँ रहेको भन्ने बारेमा आफ्नो सरकारलाई कुनै जानकारी नभएको बताएकी छन्।
अमेरिकी सेनाको डेल्टा फोर्सले उनलाई पक्राउ गरेको जनाएको छ डेल्टा फोर्स अमेरिकाको शीर्ष प्रतिआतङ्कवाद सैन्य एकाइ यसअघि भेनेजुएलामाथी आक्रमण गर्ने तयारी गरेको थियो केही दिन अगाडि देखि अमेरिका र भेनेजुएला बिच तनावग्रस्त भइरहेको थियो ।
भेनेजुएलाका रास्ट्रपतिले यश अघि अमेरिका सङ्ग बार्ता गर्न तयार भएको बताएका थिए । यतिबेला यस घटनाले बिस्वको राजनीति तातेको छ ।

प्रतिक्रिया