रमा पन्थी ,ललितपुर।
उज्यालो नेपाल पार्टीका तर्फबाट ललितपुर क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका प्रत्यक्ष उम्मेदवार राजाराम तण्डुकार चुनावी मैदानमा उत्रिएका छन्।
“सुशासन, समृद्धि र सामाजिक न्याय” लाई मूल नारा बनाएको पार्टीले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएको जनाएको छ। उम्मेदवार तण्डुकारले ललितपुर महानगरपालिका तथा महालक्ष्मी नगरपालिकाका विभिन्न वडामा घरदैलो कार्यक्रम, भेटघाट र अन्तरक्रियामार्फत मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्।
उनले पारदर्शी शासन व्यवस्था, स्थानीय पूर्वाधार विकास, रोजगारी सिर्जना र सामाजिक न्यायलाई आफ्नो प्राथमिक एजेण्डा बनाएको बताएका छन्।
पार्टीको निर्वाचन चिन्ह ‘चिम’ रहेको छ। मतदातालाई सोही चिन्हमा मतदान गर्न आग्रह गर्दै पार्टीले प्रचार–प्रसारलाई सामाजिक सञ्जाल र प्रत्यक्ष सम्पर्कमार्फत जोडदार रुपमा अघि बढाएको छ।
ललितपुर–२ मा यस पटक विभिन्न राजनीतिक दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। समाजको हरेक सुखदुःख बुजेका राजाराम तण्डुकार जनमानस को मानसपटलमा बसिसकेको त्यहाका स्थानीय बासिन्दाको भनाइ छ।