"जय माटो, जय देश"नारासहित क्षेत्र नं. ९ मा श्रेष्ठको अभियान

samajsandesh.com

काठमाडौं, १७फागुन ।

भोलि  अर्थात २०८२,   फागुन १८ गते  सोमबारको दिन  काठमाडौं क्षेत्र नं. ९ का प्रतिनिधि सभा सदस्यका प्रत्यक्ष उम्मेदवार बलराम श्रेष्ठ द्वारा घरदैलो कार्यक्रम सञ्चालन गरिने भएको छ।

उम्मेदवार श्रेष्ठले आगामी निर्वाचनलाई लक्षित गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्ने उद्देश्यले घरदैलो कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिएका छन्। कार्यक्रम बिहान ७:४५ बजे कलंकी मन्दिर परिसरबाट सुरु हुनेछ।

घरदैलो कार्यक्रममा सहभागी भई सहयोग गर्न इच्छुक श्रमदाताहरू तथा शुभेच्छुकहरूलाई स्वागत गरिने आयोजक पक्षले जनाएको छ।

काठमाडौं क्षेत्र नं. ९ का उम्मेदवार  श्रेष्ठको मूल एजेन्डा श्रम, उत्पादन र आत्मनिर्भर अर्थतन्त्रमा आधारित छ। उहाँले “श्रम संस्कृतिबाट समृद्धि” भन्ने अवधारणालाई केन्द्रमा राख्दै प्रत्येक नागरिकलाई सीप, श्रम र उद्यमसँग जोड्ने नीति अघि सार्नुभएको छ। शिक्षा प्रणालीलाई व्यवहारिक र उत्पादनमुखी बनाउँदै कक्षा १२ पछि अनिवार्य श्रम तथा सीप तालिमको व्यवस्था गर्ने, विद्यार्थीलाई प्रयोगात्मक शिक्षामा जोड दिने र बेरोजगारी घटाउने योजना उहाँको प्राथमिकतामा छ।

स्थानीय स्तरमा उद्योग स्थापना, घरेलु उत्पादनको प्रवर्द्धन, गरीब मजदुर तथा साना व्यवसायीलाई व्यवस्थित व्यवस्थापनमार्फत आयआर्जनको अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, लोकतन्त्रलाई सुदृढ र प्रभावकारी शासन प्रणालीमार्फत जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने उहाँको लक्ष्य रहेको देखिन्छ।


समग्रमा, उहाँको एजेन्डा श्रमको सम्मान, उत्पादन वृद्धि, आत्मनिर्भर अर्थतन्त्र र क्षेत्र नं. ९ का जनताको आवश्यकता अनुसार विकास गर्ने प्रतिवद्धतामा केन्द्रित छ।

उम्मेदवार श्रेष्ठले “जय माटो, जय देश” भन्ने नारासहित मतदाताको घरदैलोमा पुगेर आफ्नो एजेन्डा र प्रतिबद्धताबारे जानकारी गराउने तयारी गरेको बताएका छन्।


थप जानकारीका लागि सम्पर्क नम्बर: ९८४९८७०३७६ रहेको समेत आयोजकले बताए ।

प्रतिक्रिया