लेखकद्वारा आमा समान माया, सम्मान र इज्जत गर्ने आफ्नी पूज्यनीय फुपू सासुको पावन स्मृतिमा समर्पित श्रद्धाञ्जलिका शब्दगुच्छाहरू,
जीको आध्यात्मिक जीवन यात्रा प्रारम्भिक चरणदेखि उत्तरार्द्ध हुँदै अन्तिम श्वाससम्म पूर्णतः साधुत्व भाव, भजन र भक्तिमय कर्ममा समर्पित रह्यो।
साँचो प्रेमको अर्थ, संघर्ष, निष्ठा र त्यागको वास्तविक परिभाषा हामीले तपाईंबाट नै सिक्यौं। (मेरो कर्मघरमा ३१ वर्षसम्म संगै बसेर बसाएको जीवन) तपाईंको सान्निध्य र सत्संग हाम्रो जीवनका लागि अमूल्य आशीर्वाद बनेर रह्यो।
तपाईंको इच्छा अनुसार नै तपाईंको अन्तिम चाहना पूरा हुन सक्नु नै हाम्रो सन्तोष र शान्तिको आधार हो।शरीरमा असह्य पीडा हुँदा पनि तपाईंको भक्ति कहिल्यै डगमगाएन। दुःखका क्षणहरूमा पनि तपाईं श्री राधा जीसँग आत्मीयताका साथ गुनासो गर्दै प्रेमपूर्वक डाँट गर्नुहुन्थ्यो, जुन तपाईंको निष्कलुष र निश्छल प्रेमको ज्वलन्त प्रमाण थियो।
आज तपाईं गोलोक धामतर्फ प्रस्थान गर्नुभएको छ,तर तपाईंका शिक्षा, संस्कार र प्रेम सधैं हाम्रो हृदयमा जीवित रहनेछन्।तपाईं जस्ता सन्तस्वरूप आत्माको सान्निध्य प्राप्त गर्नु हाम्रो जीवनको परम सौभाग्य हो।
तपाईंको स्मृति, तपाईंको वाणी र तपाईंका संस्कार सदा–सदा हाम्रो साथ रहनेछन्।