नुवाकोट कारागारमा अभिमुखीकरण -अन्तर्क्रिया सम्पन्न

samajsandesh.com


२०८२, पौष ६ ।

राष्ट्रिय महिला आयोगबाट  नुवाकोट कारागारमा अभिमुखीकरण -अन्तर्क्रिया कार्यक्रम  सम्पन्न  भएको छ । 

आयोगका माननीय अध्यक्ष कमला कुमारी पराजुलीज्यूको नेतृत्वमा आयोगका माननीय सदस्य कृष्ण कुमारी पौडेल खतिवडा, माननीय सदस्य सावित्रा कुमारी शर्मा सहित आयोगका उपसचिव रोसनीदेवी कार्की, कम्युटर अपरेटर जमुना विष्ट खनाल लगायतको टोलीबाट नुवाकोट  जिल्ला प्रशासन कार्यालयमा समन्वयात्मक बैठक तथा छलफल गरी नुवाकोट  स्थित कारागारमा रहेका महिला र अन्य बन्दीहरु माझ  सकारात्मक सोँच सम्बन्धी अन्तर्क्रिया कार्यक्रम भएको छ ।


कार्यक्रममा आयोगका माननीय सदस्य सावित्रा कुमारी शर्माज्यूले सो कार्यक्रमको उद्देश्य सहित स्वागत मन्तव्य राख्नु भयो। आयोगका माननीय कृष्ण कुमारी पौडेल खतिवडाज्यूले आयोगको भूमिका तथा आयोगबाट विशेष गरी महिलाका पक्षमा, हक- अधिकार र न्यायका लागि  गरिएका विभिन्न कार्यहरु र आयोग स्थापनाको उद्देश्य सम्बन्धमा प्रस्ट्याउनु भयो। आयोगका उपसचिव रोशनीदेवी कार्कीले सहजिकरण गर्नुभएको उक्त कार्यक्रममा मनोसामाजिक परामर्श कर्ता खिमा रिजालले कारागारमा रहेका कैदी-बेदीलाई सकारात्मक सोँच, धैर्यता, आत्मविश्वास र सामाजिकीकरण सम्बन्धी अभिमुखीकरण गर्नुभयो। 

नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, प्रहरी प्रमुख एस.पि ., कारागार प्रमुख, सूरक्षा निकायका पदाधिकारी सहितको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा कारागारमा रहेका ३० जना महिला सहित १३० जना भन्दा विभिन्न आरोपमा सजाय काटिरहेका बढी कैदी-बन्दी बिच छलफल तथा अन्तरक्रिया भएको थियो। 

कार्यक्रमको अन्त्यमा सहभागीका गुनासा, अपेक्षा र धारणाहरु को सम्बोधन गर्दै माननीय अध्यक्ष ज्यूबाट " कारागार आफैमा एउटा छुट्टै समाज भएको र मानिसले कुनै समय जानेर नजानेर आवेग, आक्रोस, भूल र प्रतिशोधको कारण कुनै पनि गलत र अपराधिक कार्य गरेको छ भनेपनि उ सधैं जीवनभर अपराधीनै हुँदैन। त्यसैले कारागार एउटा सुधारगृह पनि हो, याहाँ आएर आफ्ना गलत कार्यहरुको आत्म समिक्षा गरेर, आफुलाई सुधारेर सकारात्मक सोँचको विकास गर्न र भोली सजाय काटेर समाजमा जाँदा  प्रतिशोध र आक्रोशको अन्त्य भएर पारिवारिक र सामाजिक रुपमा सकारात्मक ढंगले जीवन व्यतित गर्न सहज होस् भन्ने उद्देश्यले यो अवधिमा विभिन्न किसिमका सिप, अध्ययन र शिक्षाको लागि पनि वातावरण मिलाउन आयोगबाट सहजिकरण र सिफारिस गरिने "  अभिव्यक्ति सहित कैदी/ बन्दीलाई भावनात्मक उत्साह र सकारात्मक शन्देस प्रदान गर्दै अन्तर्क्रिया कार्यक्रमको औपचारिक समापन भयो।

प्रतिक्रिया